नेपाली समय:

वि.सं २०८१ जेठ २   बुधवार

NepaliNP
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदको लागि १८ जनाको आवेदन

फागुन ९, काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदको लागि १८ जनाको आवेदन परेको छ ।

पूर्वाञ्चल विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिका लागि आवेदन दिने १८ जनाको नामावली विवरण सार्वजनिक गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको संयोजकत्वमा बनेको उपकुलपति छनोट तथा सिफारिस समितिले सार्वजनिक गरेको विवरण अनुसार तोय नारायण पौडेल, शुभनारायण पाठक, अनिल कुमार पोख्रेल, जीवन कुमार ढकाल, अशोक कुमार झा, गुरु प्रसाद खनाल, प्रमोद कुमार झा, बिजु कुमार थपलिया, विनोद पराजुलीले आवेदन दिएका छन् ।

त्यस्तैगरी देवी प्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोइराला, संजेश प्रसाद कोईराला, राजकुमार पोख्रेल, रेशम बहादुर थापा, रमेश प्रसाद भट्टराई र महेश राज दाहालले आवेदन दिएका छन् ।

आगामी १८ फागुनमा रिक्त हुने पदका लागि छनोट तथा सिफारिस समितिले २३ माघमा आवेदन माग गरेको थियो ।

21 Feb 2024 , 7:03pm
हाम्रो आवाज