नेपाली समय:

वि.सं २०८१ जेठ २   बुधवार

NepaliNP
बाँकेमा दादुरा-रुबेला खोप अभियानको आज दोस्रो दिन : ४२ हजार ५०५ जना बालबालिकाले लिए खोप

फागुन १५, नेपालगंज । बाँकेमा दादुरा-रुबेला खोप अभियानको दोस्रो दिन ४२ हजार ५०५ जना बालबालिकाले लिए खोप लिएका छन्। स्वास्थ्य कार्यालय बाँकेका सुचना  अधिकारी नरेशबाबु श्रेष्ठका अनुसार खोप अभियानको दोस्रो दिन आज ९ महिनादेखि १५ वर्ष उमेर समूहका ४२ हजार ५०५ जना बालबालिकाले खोप लिएका छन ।

यसका साथै खोप अभियान को पहिलो दिन ३४ हजार २३८ बालबालिकाले दादुरा–रुबेला विरुद्धको खोप लगाएका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकामा ४२ हजार २७० जना मध्ये १३ हजार ३१७ जनालाई खोप लगाइएको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले बताएका छन्।   यसैगरी कोहलपुरमा दुई दिनमा २० हजार ९९४ जना बालबालिकाले खोप लगाएका छन् । कोहलपुर नगरपालिकामा २५ हजार ७१३ जनालाई खोप लगाउने लक्ष्य रहेको जनाइएको छ।

27 Feb 2024 , 5:50pm
हाम्रो आवाज