नेपाली समय:

वि.सं २०८१ जेठ २   बुधवार

NepaliNP
सन् १९९३ को बम विस्फोटका अभियुक्त अब्दुल करिम टुन्डालाई अदालतले दियो सफाइ

फागुन १७, अजमेर(एजेन्सी)। अजमेरको टाडा अदालतले सन् १९९३ मा देशका पाँच सहरमा भएका शृङ्खलाबद्ध बम विस्फोटको मुद्दामा बिहीबार आफ्नो फैसला सुनाएको छ । यस मुद्दामा अदालतले अब्दुल करिम टुन्डालाई सफाइ दिएको छ भने अन्य दुई जना हमेदुद्दीन र इरफानलाई आजीवन कारावासको सजाय सुनाएको हो ।

सन् १९९३ मा बाबरी मस्जिद ध्वस्त भएको वर्षगाँठमा मुम्बई, हैदरावाद, कानपुर, लखनऊ र सुरतमा रेलमा श्रृंखलाबद्ध बम विस्फोट भएका थिए। अदालतको फैसलापछि टुन्डाका वकिल शफिकतुल्ली सुल्तानीले सञ्चारकर्मीसँग भने, ‘अदालतले अब्दुल करीम टुन्डामाथि दर्ता भएका कुनै पनि मुद्दामा दोषी ठहर गरेको छैन । टुन्डाविरुद्ध दर्ता भएका सबै मुद्दामध्ये कुनै पनि मुद्दामा टुन्डा दोषी प्रमाणित हुन सकेनन् । त्यसैले आज उनले सफाइ पाएका छन् । उनी पूर्णतया निर्दोष छन्।’

सीबीआईले टुन्डाविरुद्ध टाडा ऐन, आईपीसी, रेलवे ऐन, हतियार ऐन, विस्फोटक ऐनसम्बन्धी कुनै प्रमाण पेश गर्न सकेन। त्यसैले अदालतले सबै धारा र ऐनबाट टुन्डालाई सफाइ दिएको छ । फेब्रुअरी २७ मा टाडा अदालतमा सुनुवाइ सकिएको थियो। 

श्रृङ्खलाबद्ध बम विस्फोटका मुख्य अभियुक्त भनिएका टुन्डा अजमेरको उच्च सुरक्षा कारागारमा बन्द छन् ।  सन् २०१३ मा नेपाल-भारतसीमाबाट पक्राउ परेपछि उनलाई गाजियाबाद जेलमा राखिएको थियो, जहाँबाट उनलाई अजमेर जेलमा सारिएको थियो । उनलाई कडा सुरक्षामा बिहीबार बिहान अदालतमा ल्याइएको थियो । यस क्रममा उनी ह्वील चेयरमा बसेको देखिए ।

29 Feb 2024 , 2:51pm
हाम्रो आवाज