नेपाली समय:

वि.सं २०८१ जेठ ५   शनिवार

NepaliNP
लुम्बिनी सरकारका मन्त्री भण्डारीलाल अहिरले मन्त्री पदबाट राजीनामा दिए ।

बैशाख- ९

बांके- लुम्बिनी सरकारका कृषि तथा भूमी व्यवस्था मन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् ।

जनता समावादी पार्टी (जसपा) लुम्बिनी संसदीय दलका नेता समेत रहेका मन्त्री अहिरले लुम्बिनी प्रदेशको मन्त्री पदबाट राजीनामा दिएका छन ।

मन्त्रालय बांडफाडको विषय लाई लिएर विगतमा ज.स.पा सँग भएको सम्झौता अनुसार दुई मन्त्रालय दिने सहमतिको अनुसार को समझौतालाई मुख्यमन्त्री जोखबहादुर महराले उल्लंघन गरेपछि मन्त्री अहिर सरकारबाट बाहिरिएको जसपा लुम्बिनी प्रदेश ले जनाएको छ ।

 

 

21 Apr 2024 , 2:20pm
हाम्रो आवाज