नेपाली समय:

वि.सं २०८१ जेठ ७   सोमवार

NepaliNP
सात जिल्लामा आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने ।

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते आइतबार देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । 

हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले जानकारी दिनुभयो ।

यसअघि ती सात जिल्लामा आम औषधि सेवन अभियान सञ्चालन गरिए पनि सफल नभएपछि पुनः अभियान सञ्चालन गर्न थालेको हो ।

26 Apr 2024 , 2:41pm
हाम्रो आवाज