नेपाली समय:

वि.सं २०८१ आश्विन १२   शनिवार

NepaliNP
बाँके प्रहरीद्धारा अवैध भन्सार छ्लीको सामान बरामद

 

जेठ- १७

नेपालगंज - बाँके प्रहरीले नेपालगंज बाट अवैध भन्सार छलि को सामान बरामद गरेको छ। 

 

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगंज उ.म.न.पा. १ र २ स्थित भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको लेडिज कुर्तासुरवाल, खाद्यन्न, मोटर पार्टस, ईलेक्ट्रिक आईरन, काचो कपडा लगायतका सामान सहित अन्दाजी मुल्य रु.६,२३,१००।– (छ लाख त्याईस हजार एक सय ) बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बरामद गरेको सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

30 May 2024 , 7:37am
हाम्रो आवाज