नेपाली समय:

वि.सं २०८१ आषाढ १५   शुक्रवार

NepaliNP
बाँके र बर्दियामा अत्यधिक गर्मी का कारण मान्छे मा स्वास्थ्य समस्या बढ्दै

 

 

जेठ -२४

नेपालगंज-बाँके र बर्दियामा अत्यधिक गर्मी का कारण मान्छे मा स्वास्थ्य समस्या बढ्दै गएको छ । अत्यधिक गर्मी र तातो हावा चल्दा एक सातायता पाँच जना बिरामी परेका छन् । 

जिल्ला अस्पतालमा तातो सुख्खा हावाबाट बिरामी परेर उपचार गर्न आएका मध्ये एक जनाको अवस्था गम्भीर भएपछि कोहलपुरस्थित शिक्षण अस्पताल रिफर गरिएको जिल्ला अस्पताल बर्दियाका सुपरिन्टेन्डेन्ट डाक्टर सुभाष पाण्डेयले जानकारी दिएका छन ।

यसैगरी बांके मा पनि लू लागेर अस्पतालमा उपचार गर्न आउनेको संख्या बढेको भेरी अस्पताल प्रशासन ले जनाएको छ ।

6 Jun 2024 , 10:11am
हाम्रो आवाज