नेपाली समय:

वि.सं २०८१ आषाढ १५   शुक्रवार

NepaliNP
जनमत पार्टीले सतीश सिंहलाई मधेस प्रदेशको मुख्यमन्त्री पदको उम्मेदवार बनाउने निर्णय

 

जेठ -२४

काठमाडौ -जनमत पार्टीले सतीश सिंहलाई मधेस प्रदेशको मुख्यमन्त्री पदको उम्मेदवार बनाउने निर्णय गरेको छ। 

जनमत पार्टीको केन्द्रीय सचिवालयको बैठकबाट सतिश सिंहलाई मधेस प्रदेशको मुख्यमन्त्री बनाउने निर्णय गरेको जनमत पार्टीले जनाएको छ।

मधेसमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति अनुरोध सिंहलाई मुख्यमन्त्री पदको उम्मेदवार बनाउने निर्णय भएको जनमत पार्टीले जनाएको छ।

6 Jun 2024 , 11:10am
हाम्रो आवाज