नेपाली समय:

वि.सं २०८१ आषाढ १५   शुक्रवार

NepaliNP
बालिकालाई गेष्ट हाउसमा लगेर बलात्कार गर्ने पक्राउ

जेठ- ३२

भक्तपुर। १५ वर्षीया बालिकामाथि पटक-पटक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

चाँगुनारायण नगरपालिका–६ नगरकोटका ३८ वर्षीय कृष्णबहादुर तामाङलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।

तामाङले ती किशोरीलाई २०८० चैतदेखि पटक–पटक बलात्कार गरेको आरोप छ । पछिल्लो पटक १२ जेठमा तामाङले बालिकालाई बलात्कार गरेका थिए ।

14 Jun 2024 , 3:35pm
हाम्रो आवाज