नेपाली समय:

वि.सं २०८१ कार्तिक २   शुक्रवार

NepaliNP
बर्दियामा चट्याङ लागेर एक जना को मृत्यु

 

असार- १०

बर्दिया । बर्दियामा चट्याङ लागेर खेत जोतिरहेको अवस्थामा एक जना को मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिया गेरुवा गाउँपालिका-३ गणेशपुर बस्ने रोहित थारु रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

थारू आफ्नै खेत जोतिरहेका अवस्था मा आज बिहान चट्याङ लागेर निधन भएको जनाइएको छ । 

चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरिक्षक तुलसीराम अर्यालले जानकारी दिएका छन ।

24 Jun 2024 , 3:04pm
हाम्रो आवाज