नेपाली समय:

वि.सं २०८१ आश्विन १   मंगलवार

NepaliNP
जयपृथ्वी राजमार्ग पुनः अवरुद्ध, लगातारको वर्षाले पहिरो पन्छाउन समस्या

असार २४,(रासस)

बैतडी —अविरल वर्षापछि खसेको पहिरोका कारण खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पुनःअवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोका कारण गएरातिदेखि राजमार्ग अवरुद्ध भएको हो ।

जिल्लाको पाटन नगरपालिका–८ साणीघाटीमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । सडक अवरुद्ध हुँदा राजमार्गमा सञ्चालन हुने सवारी आवागमन पूर्ण रुपमा रोकिएको छ भने यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

8 Jul 2024 , 1:20pm
हाम्रो आवाज