नेपाली समय:

वि.सं २०८१ आश्विन १   मंगलवार

NepaliNP
चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु,

असार-३(एजेन्सी)

चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । सरकारी मिडियाका अनुसार आगजनीको यो घटना चीनको सिन्हुआन प्रान्तको जिगोङ सहरमा भएको हो ।

 

रिपोर्टका अनुसार बुधबार साँझ लागेको आगलागीबाट ३० जनाको उद्धार गरिएको छ । घटनास्थलमा राति नै राहत तथा उद्धार कार्य सम्पन्न भएको छ ।

हाल आगलागीको कारण खुल्न नसकेको तर प्रारम्भिक अनुसन्धानका अनुसार भवनमा निर्माणाधीन कामका कारण आगलागी भएको हो । चीनको सरकारी मिडिया र सामाजिक सञ्जालमा उपलब्ध भिडियोमा यस भवनको चारैतिर कालो धुवाँ देखिएको छ ।

18 Jul 2024 , 10:08am
हाम्रो आवाज