नेपाली समय:

वि.सं २०८१ कार्तिक २   शुक्रवार

NepaliNP
देशभर १ हजार ६ सय ५७ जनामा डेंगु सङ्क्रमण पुष्टि

हाम्रो आवाज- संवाददाता

साउन,६

काठमाडौँ :मौसम परिवर्तन सँगै देशभर डेंगु संक्रमण बढ्दै गएको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

देशभर १ हजार ६ सय ५७ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

इपिडिमियोलोजि तथा रोग नियन्त्रणमहाशाखाका बिभागीय प्रमुख डा.गोकर्ण दाहालले हालसम्म एक हजार ६५७ जनामा डेंगु संक्रमण पुष्टि भएको जानकारी गराएका छन ।

इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले दिएको जानकारी अनुसार डेंगु संक्रमण बागमती र कोशी प्रदेशमा सबैभन्दा बढी पुष्टि भएको जनाइएको छ । 

इसिडीसी का बिभागीय प्रमुख डॉ दाहालले दिएको जानकारी अनुसार गतवर्षको तुलनामा यस वर्ष हालसम्म डेङ्गु संक्रमितको सङ्ख्या कम भएपनि सुरक्षा सावधानी अपनाउनु पर्नेमा सबैले जोड दिनुपर्ने बताएका छन ।


 

21 Jul 2024 , 3:21pm
हाम्रो आवाज