साउन -६
काठमाडौ-भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीले तीन लाख ८३ हजार सात सय पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको छ ।
विज्ञ केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका १३ वटै स्थानीय तहका भैँसी, राँगा, गाई-गोरु, बाख्रालगायत पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको हो ।
एक लाख ४१ हजार छ सय गाई-गोरु र भैँसी र राँगालाई खोरेतविरुद्धको खोप तथा एक लाख ९६ हजार भेडा बाख्रालाई पीपीआर खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा. हेमराज अवस्थीले जानकारी गराएका छन।