नेपाली समय:

वि.सं २०८१ कार्तिक २   शुक्रवार

NepaliNP
बाइडेन अमेरिकी राष्ट्रपतीय चुनावी दौडबाट बाहिर

साउन- ७

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागको घोषणा गर्नुभएको छ ।

बाइडनकै पार्टी डेमोक्र्याटिकबाटै विगत केही सातादेखि बाइडनलाई राष्ट्रपति दौडबाट पछि हट्न व्यापक दवाब आएपछि बाइडनले उम्मेद्वारी त्यागको घोषणा गर्नुभएको हो ।

बाइडनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिका रुपमा समर्थन समेत गर्नुभएको छ । निर्वाचनको झण्डै चार महिना अघि बाइडनले राष्ट्रपतिको दौडबाट पछि हट्नु भएको हो ।

22 Jul 2024 , 8:01am
हाम्रो आवाज