नेपाली समय:

वि.सं २०८१ कार्तिक २   शुक्रवार

NepaliNP
बागमतीमा कांग्रेस र एमाले बीच मन्त्रालय भागबण्डा सपन्न

साउन -८

बागमती - बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच मन्त्रालय बाँडफाँट भएको छ ।

कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको नेपाली कांग्रेस संसदीय दलका नेता गोविन्दप्रसाद लम्सालले जनाएका छन ।

 

नेकपा एमालेले भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय लिने सहमति भएको उनले जनाएका छन ।

23 Jul 2024 , 2:50pm
हाम्रो आवाज