नेपाली समय:

वि.सं २०८१ कार्तिक २   शुक्रवार

NepaliNP
इथियोपियामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २२९ पुग्यो,

साउन ९, (एजेन्सि)

इथियोपियाको दक्षिणी क्षेत्रमा सोमबार पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय २९ पुगेको स्थानीय सरकारले जनाएको छ ।

दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा स्थानीय समयानुसार सोमबार बिहान करिब १०ः०० बजे पहिरो गएको थियो ।

पहिरोमा परी मृत्यु हुनेमा एक सय ४८ पुरुष र ८१ महिला रहेको गोफा क्षेत्र सरकारी सञ्चार मामिला विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

24 Jul 2024 , 8:19am
हाम्रो आवाज