नेपाली समय:

वि.सं २०८१ कार्तिक २   शुक्रवार

NepaliNP
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज शपथ ग्रहण गर्ने,

साउन- ९

काठमाडौं, साउन ९ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज शपथ ग्रहण गर्दैछन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम एमाले प्रदेशसभा संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

दुई दलबीच मन्त्रालय भागबन्डा गरेर मन्त्रीहरूको समेत टुंगो लगाएर आचार्यले आज शपथ ग्रहण गर्न लागेका हुन्। मुख्ममन्त्रीसहित मन्त्रीहरुको शपथ अहिले बिहान साढे ८ बजे राखिएको छ।

24 Jul 2024 , 8:32am
हाम्रो आवाज