नेपाली समय:

वि.सं २०८१ पौष ७   आइतबार

NepaliNP
रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध,

साउन १३,

काठमाडौ-गुल्मीको रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई उडान प्रभावित बनेको छ ।

वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि उडान अवरुद्ध बनेको रेसुङ्गा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिए ।

 

उनका अनुसार पछिल्लो समयमा साताको तीनपटक नियमित उडान गर्दै आएको नेपाल एयरलाइन्सले असार १४ गतेपछि उडान गर्न सकेको छैन ।

 

रेसुङ्गा‐काठमाडौं र काठमाडौं‐रेसुङ्गाका लागि टिकट काटेका यात्री दैनिक विमानस्थल पुगेर फर्किने गरेको बताउँछन् ।

मौसममा सुधार नआउँदासम्म नियमित उडानमा समस्या हुने भएकाले यात्रीको सुरक्षालाई ध्यान दिँदै उडान रोकिएको प्रमुख थापाले बताएका छन ।

28 Jul 2024 , 2:28pm
हाम्रो आवाज