साउन-२१
काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको अन्तिम सम्ममा १ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८.९१ घटेको देखिएको छ।
अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ८४ करोड पुगेको छ। बैंकको चुक्तापुँजी १४ अर्ब ९१ करोड रुपैयाँ छ भने जगेडा कोषमा १५ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ। बैंकको निक्षेप १३.८६ प्रतिशत बढेको छ ।
5 Aug 2024 , 7:16am