नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

NepaliNP
श्रम आप्रवासन नीतिको मस्यौदा सरकारलाई हस्तान्तरण,

साउन २८ 

काठमाडौँ । श्रम विज्ञ डा.गणेश गुरूङको संयोजकत्वमा गठित विज्ञ समितिले नौ महिनामापछि श्रम आप्रवासन नीतिको मस्यौदा सरकारलाई हस्तान्तरण गरेको छ । 

आईतबार समितिले मन्त्रालयमा एक कार्यक्रमकाबीच श्रम आप्रवासन नीतिको मस्यौदा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई हस्तान्तरण गरेको हो ।

नौ महिनाअघि सरकारले सामाजिक सुरक्षा, रोजगारीको अवसर लगायतका विषयमा अध्ययन गरी श्रम आप्रवासन नीतिको मस्यौदा बनाउन विज्ञ समिति गठन गरेको थियो । 

12 Aug 2024 , 7:18am
हाम्रो आवाज