नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

NepaliNP
मर्स्याङ्दी नदीमा बसदुर्घटना हुँदा १४ जनाको मृत्यु,

भदौ- ७

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा भएको बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने,दुर्घटनामा परेका १६ यात्रुको उद्धार गरिएको छ ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरप्लेटको बस मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको हो । तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायका अनुसार बसमा भारतीय यात्रु सवार थिए ।यात्रुको सङ्ख्या भने यकिन हुन सकेको छैन।

अहिले सशस्त्र प्रहरी बलको गोताखोर टोलीले घट्नास्थलमा यात्रुको उद्धार गरिरहेको छ ।

23 Aug 2024 , 2:38pm
हाम्रो आवाज