नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

NepaliNP
नेपालगंजमा अवैध  सुन चाँदी सहित चारजना पक्राउ,

भदौ-११

नेपालगञ्जमा अवैध रूपमा ल्याइएको सुन चाँदी सहित चारजना व्यक्ति पक्राउ परेका छन्।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ बीपीचोक आसपास अवैध रुपमा सुन चाँदीको कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चारै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी नारायण डाँगीले जनाएका छन।

पक्राउ पर्नेमा राजापुर नगरपालिका वडा नम्बर ४ बर्दिया बस्ने वर्ष ४२ को नियम प्रकाश सुनार, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ बस्ने वर्ष २१ को राहुल सोनार, बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष २४ को ओम जङ्ग चौधरी र बर्दिया राजापुर नगरपालिका ८ बस्ने वर्ष ४० को नेपाली थारु रहेका छन् ।

27 Aug 2024 , 6:52pm
हाम्रो आवाज