नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

NepaliNP
खोटाङ्गमा चट्याङ लागेर तीनजना गम्भीर घाइते,

भदौ-१५

गएराति परेको चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिकाका–३ तीन जना गम्भीर घाइते भएका छन् । ऐंसेलुखर्कस्थित पातेलका मोहन भुजेलको २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी छ वर्षीया छोरी अनिसा भुजेल तथा ओडारेका टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा दर्जी घाइते भएका हुन् । 

डेनिस र अनिसा काका भतिजी आफ्नै घरमा बसिरहेको अवस्थामा र समीक्षा आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङले गम्भीर घाइते भएको स्रोतले जनाएको छ । घाइते तीनैजना उपचाररत अवस्थामा रहेका छन्।

 

 

31 Aug 2024 , 10:50am
हाम्रो आवाज