नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

NepaliNP
डेङ्गी सङ्क्रमणका कारण चितवनमा एकजनाको मृत्यु,

भदौ-१७

चितवन । डेङ्गी सङ्क्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन् । 

चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिए । उनका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए ।  

2 Sep 2024 , 7:54am
हाम्रो आवाज