भदौ-१८
काठमाडौं । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विमान कब्जा गरेको छ । अमेरिकी न्याय विभागका अनुसार उक्त विमान अवैध रूपमा १ करोड ३० लाख अमेरिकी डलरमा किनेको र गोप्य रूपमा देशबाट बाहिरिएको भन्दै कब्जा गरिएको हो ।
फाल्कन ९०० EX विमान डोमिनिकन रिपब्लिकमा नियन्त्रणमा लिइएको हो । यसलाई फ्लोरिडा लगिएको छ । यो विमान डोमिनिकन रिपब्लिकमा कहिले पुग्यो भन्ने अझै स्पष्ट भएको छैन । ट्र्याकिंग डाटाले विमान राजधानी सान्टो डोमिङ्गो नजिकैको एयरपोर्टबाट उडानपछि सोमबार फ्लोरिडा पुगेको थियो।
भेनेजुएलाले कब्जाको विरोध गरेको छ र यसलाई डकैती भनेको छ। एक विज्ञप्तिमा भेनेजुएला सरकारले यो क्षतिको क्षतिपूर्तिको लागि कानूनी कारबाही गर्ने अधिकार रहेको बताएको छ।