नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

NepaliNP
बाढीले बगाउँदा बाग्लुङमा दुईजनाको मृत्यु,

भदौ-२१

बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । यस्तै, एकजना बेपत्ता भएका छन् ।

 

कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो ।

 

मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ–४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताएका छन । 

6 Sep 2024 , 9:05am
हाम्रो आवाज