भदौ -२८
भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतले जमानत दिएको छ। केजरीवाललाई सर्वोच्च अदालतले शुक्रबार १३ सेप्टेम्बरमा जमानत दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
सर्वोच्च अदालतले मदिरा नीतिसँग सम्बन्धित सीबीआईको एफआईआर प्रकरणमा जमानत दिएको हो । अदालतले आफ्नो आदेशमा केजरीवालले १० लाख रुपैयाँ धरौटी तिर्नुपर्ने बताएको छ ।