भदौ-३० (एजेन्सी)
लामो समयदेखि पश्चिमा देशहरूको आलोचना खेप्दै आएको 'एयरोस्पेस' कार्यक्रमका लागि इरानले नयाँ अनुसन्धान उपग्रह प्रक्षेपण गरेको छ ।
चाम्रन–१ अनुसन्धान उपग्रहलाई सफलतापूर्वक प्रक्षेपण गरी कक्षमा स्थापित गरेको इरानको राष्ट्रिय टेलिभिजनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ । रक्षा मन्त्रालयसँग सम्बद्ध इरानी विद्युतीय उद्योगले यो उपकरणको डिजाइन तथा निर्माण गरेको हो ।
अमेरिकालगायत पश्चिमा सरकारहरूले यही प्रविधि ब्यालिस्टिक क्षेप्यास्त्रका लागि प्रयोग गर्न सकिने भन्दै इरानलाई यस्ता प्रक्षेपणविरुद्ध बारम्बार चेतावनी दिँदै आएका छन् ।