भदौ-३०
काठमाडौँ -विक्रम सम्वत् २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट विभिन्न कारणले स्थानीय तहमा रिक्त रहेका स्थानीय तहका पदाधिकारीहरूको पदपूर्ति हुने गरी विसं २०८१ साल मङ्सिर १६ गते आइतबार उपनिर्वाचन सम्पन्न गर्ने गरी मिति तोक्न नेपाल सरकारलाई निर्वाचन आयोगले परामर्श दिएको छ।
नेपालको संविधान २०७२ तथा स्थानीय तह निर्वाचन ऐन २०७३ बमोजिम जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष वडाध्यक्ष र नगरपालिका का प्रमुख उपप्रमुख वडा वडा अध्यक्ष पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणवश रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी पदावधिका लागि रिक्त पदको पूर्ति उपनिर्वाचनद्वारा हुनेछ भन्ने कानुनी व्यवस्थालाई टेकेर उपनिर्वाचन हुने मिति तोक्नुपर्छ भन्ने परामर्श निर्वाचन आयोगले नेपाल सरकारलाई दिएको जनाइएको छ ।