नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

NepaliNP
नेपालगंजमा भएको नाइट रन १० प्रतियोगिताको उपाधि नेपाली सेनाका मुकेश पाललाई,

असोज-४

नेपालगंज-संविधान दिवसको अवसरमा नेपालगञ्जमा भएको नाइट रन १० किलोमिटर प्रतियोगिताको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जितेका छन् ।

संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगञ्जमा भएको रात्रि दौडमा पालले ३१:०७:२१ मिनेटमा १० किलोमिटर दौड पूरा गर्दै च्याम्पियन बनेका हुन् ।

एपीएफ क्लबका सन्तोष विक्रम बिष्ट दोस्रो र किरणसिंह बोगटी तृतीय भए । सन्तोषले ३२:४८:४४ मिनेटमा निर्धारित दुरी पूरा गर्दा किरणले ३२:५४:६३ मिनेटमा दौड पूरा गरी तृतीय भएका थिए ।

यसैगरी रात्रि दौडमा महिला खुलातर्फ बाँके नरैनापुरकी गीता कुमारी साहु पहिलो भएकी छिन। उनले ५९:१६:५२ मिनेटमा दुरी पूरा गर्दा कोहलपुरकी स्वस्तिका शाहीले ५१:०६:३७ मिनेटमा दुरी पूरा गरी दोस्रो भएकी हुन।

20 Sep 2024 , 7:55am
हाम्रो आवाज