नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

NepaliNP
सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न सिंचाई मन्त्री खड्काको निर्देशन,

असोज-६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा स्थित सिँचाइ आयोजनाको इन्टेकको आज निरीक्षण गर्दै मन्त्री खड्काले आयोजना सञ्चालनका क्रममा देखिएका समस्या तत्काल समाधान गर्दै किसानका खेतबारीमा सिँचाइ पुर्‍याउन निर्देशन दिएका हुन् ।

22 Sep 2024 , 1:44pm
हाम्रो आवाज