नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

NepaliNP
८ किलो सुनसहित हेटौंडा बाट दुई जना भारतीय नागरिक पक्राउ,

असोज-१९

हेटौंडा- ८ किलो सुनसहित हेटौंडा बाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन।

प्रहरीले विशेष सूचनाको आधारमा हेटौँडा-१५ रातोमाटे चेकपोष्टस्थित पूर्वपश्चिम सडक खण्डमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा सुन बरामद भएको थियो ।

हेटौँडा १५ रातोमाटे चेकिङ पोस्टबाट प्रहरीले ८ किलो ४३.९७ ग्राम सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ।

पसुन सहित पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षको अभिषेक अजिनाथ कुटी र सोही स्थान बस्ने २७ वर्षको राहुल भिट्टिहाल भन्ने दुई जना भारतीय नागरिक रहेको जनाइएको छ ।

5 Oct 2024 , 12:00pm
हाम्रो आवाज