नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

NepaliNP
इरानको हवाई यातायात पुनः सञ्चालन,

असोज-२१

एजेन्सी – इजरायलले इरानल गरेको क्षेप्यास्त्र आक्रमणको बदला लिने प्रतिबद्धता जनाएपछि केही विमानस्थलमा उडान स्थगित गरिएको तर स्थितिको मूल्याङ्कनपछि हवाई यातायात पुनः सञ्चालन गर्ने घोषणा गरेको इरानका अधिकारीहरूले सोमबार जनाएका छन्।

इरानको नागरिक उड्डयन सङ्गठनका प्रवक्ता जाफर याजार्लूले स्थानीय समयअनुसार आइतबार राति ११ बजेदेखि पुनः उडान सञ्चालन भइरहेको र उडान तालिकाअनुसार भइरहेको जानकारी दिए।

7 Oct 2024 , 3:23pm
हाम्रो आवाज