नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

NepaliNP
भारतका चर्चित उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन,

असोज-२४

काठमाडौं । भारतका चर्चित उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको एक अस्पतालमा बुधबार उपचारको क्रममा टाटाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

रतन टाटाको निधनले भारतीय उद्योग क्षेत्रमा ठूलो क्षति पुर्‍याएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदी सहित अन्य प्रमुख नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् । रतनले टाटा समूहलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने क्रममा टाटा इन्डिका र टाटा नानो जस्ता महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेका थिए ।

10 Oct 2024 , 8:04am
हाम्रो आवाज