नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

NepaliNP
प्राकृतिक विपत्तिले काभ्रेपलाञ्चोकमा अधिक मानवीय क्षति,

असोज,२७

काभ्रेपलाञ्चोक-अबिरल वर्षाले गएको बाढी र पहिरोले काभ्रेपलाञ्चोकमा अधिक मानवीय क्षति हुन पुग्यो । स्थानीयका गास–बास–कपाससँगै भौतिक संरचना पूर्णरुपमा क्षति भयो ।

जिल्लामा १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० वटा तहमा बाढी, पहिरोमा परी ७७ जनाले ज्यान गुमाए । यो सङ्ख्या यस् विपद्मा मृत्यु हुनेमध्ये ३१ दशमलव ५६ प्रतिशत हो ।

यसपटकको बाढी, पहिरोबाट काभ्रेपलाञ्चोकको पनौती नगरपालिका तथा बेचानचोक र रोशी गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेका छन् । बाढी, पहिरोमा परी जिल्लामा अझै पाँच जना बेपत्ता र ७५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

 

 

13 Oct 2024 , 7:35am
हाम्रो आवाज