नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

NepaliNP
भारत महाराष्ट्रका (एनसिपि) नेता बाबा सिद्दिकीको गोली हानी हत्या,

असोज- २७

काठमाडौँ । भारत महाराष्ट्र राज्यका चर्चित राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको छ ।शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि गोली चलाइएको थियो ।

गोलीलागेका उनलाई गम्भीर अवस्थामा लिलावती अस्पतालमा भर्ना गरिएको थियो । यस घटनाको केही समयपछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले पत्रकार सम्मेलनमा बाबा सिद्दिकीको मृत्यु भएको पुष्टि गरेका थिए ।

मुख्यमन्त्री शिन्देले यस घटनामा दुई जनालाई पक्राउ गरिएको र एकजना फरार रहेको बताएका छन।

13 Oct 2024 , 7:50am
हाम्रो आवाज