नेपाली समय:

वि.सं २०८१ कार्तिक २   शुक्रवार

NepaliNP
गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिसँग नागरिकता त्यागको विवरण माग,

असोज -१

काठमाडौँ -निर्वाचन आयोग नेपालद्वारा गैर आवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साविकको नागरिकता त्यागको विवरण माग गरिएको छ ।

मतदाता नामावली अध्यावधिक गर्ने प्रयोजनका लागि मतदाता नामावली ऐन २०७३ को दफा २५ को खण्ड ख बमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था अन्तर्गत नागरिकता त्यागको विवरण माग गरिएको निर्वाचन आयोग नेपालका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद सापकोटाले जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा मतदाता नामावलीमा रहेको विवरणसँग भिडाई त्यस्तो नागरिकता त्याग गर्ने मतदाताको नाम मतदाता नामावलीबाट हटाई मतदाता नामावली अध्यावधिक गर्ने प्रयोजनका लागि नागरिकता त्याग विवरण माग गरिएको आयोगले जनाएको छ।

17 hours
हाम्रो आवाज