कार्तिक १३, (एजेन्सी)
तेलअभिव (इजरायल), १३ कात्तिक । इजरायली संसद्ले प्यालेस्टिनीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) लाई इजरायलभित्र काम गर्न निषेध गर्ने कानून पारित गरेको सिएनएनले जनाएको छ ।
संसद्मा सोमबार यो विधेयकमा मतदान गरिएको थियो, विधेयकको पक्षमा ९२ र विपक्षमा १० मत परेको थियो ।
सिएनएनका अनुसार यो कानूनले औपचारिक रूपमा युएनआरडब्लुएलाई गाजा र प्यालेस्टिनी नियन्त्रित पश्चिम किनारका केही भागमा काम नरोके पनि उक्त क्षेत्रमा एजेन्सीको क्षमतालाई सीमित गर्दछ ।