नेपाली समय:

वि.सं २०८१ पौष ७   आइतबार

NepaliNP
म्यानमारका धार्मिक मामिला तथा संस्कृति मन्त्री युटिन ओलुयिन द्वारा बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण,

कार्तिक-१५

रूपन्देही । म्यानमार सरकारका धार्मिक मामिला तथा संस्कृति मन्त्री युटिन ओलुयिनले बुधबार बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् ।

मन्त्री युटिनलाई लुम्बिनी विकास कोषका वरिष्ठ सुरक्षा अधिकृत खगेन्द्र काफ्ले, सूचना अधिकृत राजन बस्नेत, सूचना शाखाका विकास लामाले स्वागत गरेका हुन् ।

उक्त अवसरमा मन्त्री युटिनले शान्तिदीप, मायादेवी मन्दिर, पुष्पकरणी पोखरी, अशोक स्तम्भको भ्रमण गर्दै लुम्बिनीका बारेमा जानकारी लिएका छन ।

बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा निकै खुशी भएका युटिनले मायादेवी मन्दिर परिसरमा शान्तिको कामना गर्दै पूजा गरेका थिए ।

31 Oct 2024 , 8:19am
हाम्रो आवाज