कात्तिक- १५ (एजेन्सी)
काठमाडौँ- उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) परिक्षण गरेको छ ।
अमेरिकामा राष्ट्रपति निर्वाचनको पुर्व सन्ध्यामा उत्तर कोरियाले गरेको यो परिक्षणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
रुसलाई युक्रेनसँगको लडाईमा सैनिक सहयोग गरेको विषय बाहिर आएको बेला उत्तर कोरियाले यस्तो क्षेप्यास्त्र परिक्षण गरेको छ ।