कार्तिक-२९
सुनसरी- धरान १७ खैरेनीस्थित सुप्रिम एग्रिकल्चर कृषी फर्मबाट अवैध लागूऔषध ३ सय ७ किलोग्राम गाँजा सहित कृषि फर्म संचालक धरान उपमहानगरपालिका-१३ बस्ने ४४ वर्षीय मनिराज राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले फर्ममा १० वटा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ ।