
मङ्सिर- २७
काठमाण्डौ – जाजरकोटको नलगाड नगरपालिकामा गएराति जीप पल्टिँदा पाँच जनाको ज्यान गएको छ । अरु दुईजना घाइते भएका छन् ।
नलगाड पाँच कालिमाटीबाट नलगाड तीन करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको जीप गएराति सडकबाट करिब सात सय मिटर तल खोलामा खसेको जाजरकोट प्रहरीले जनाएको छ ।