मंसिर २७,
अफगानिस्तानको तालिबान सरकारका एकजना वरिष्ठ स्रोतले शरणार्थी मामिला मन्त्री खलीलुर रहमान हक्कानीको "आत्मघाती" आक्रमणमा मृत्यु भएको बीबीसीलाई बताएका छन्।
हक्कानीमाथि बुधबार, डिसेम्बर 11 मा काबुल सहरको मन्त्रालयभित्र आक्रमण भएको बीबीसी पश्तोले स्रोतलाई उद्धृत गर्दै जनाएको छ।
गृह मन्त्रालयको स्रोतका अनुसार आक्रमणमा अन्य 6 जनाको मृत्यु भएको छ। विस्फोट हुँदा हक्कानी कार्यालयबाट बाहिर निस्किँदै थिए।