
पुष-११
काठमाडौं- बिहीबार सुनको भाउ बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको हो ।
बुधबार छापावाल सुन तोलामा १ लाख ४९ हजार ७ सय रुपैयाँ रहेकोमा बिहीबार बढेर १ लाख ५० हजार ३ सय रुपैयाँ पुगेको हो । यता, चाँदीको भाउ भने स्थिर रहेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार ८ सय रुपैयाँ कायम गरिएको छ ।