पुष-११
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भारतीय पक्षले कञ्चनपुरको दक्षिणी सीमा स्तम्भ २७ र २८ को बीचमा रहेको एक हजार बिघा जमिन कब्जा गरेको दाबी गरेका छन्।
नेता खनालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भारतीय पक्षले जमिन कब्जा गरी खेतीपाती समेत गरिरहेको बताउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।
खनालले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको जग्गा भारतीयहरूले कब्जा गरेको र नेपालतिरबाट सो क्षेत्रमा आवागमनको समेत समस्या भएको विज्ञप्तिमा उल्लेख गरेका छन्।