पुष-१३
भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको पार्थीव शरीरकोआज अन्तिम सँस्कार गरिने भएको छ।
भारतको गृहमन्त्रालयको घोषणा अनुसार भारतीय समय अनुसार आज बिहान ११.४५ बजे सिंहको पार्थीव शरीरको अन्तिम सँस्कार गरिने भएको हो।
९२ वर्षीय डा. सिंहको बिहीबार राति दिल्लीको अल इन्डि इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा निधन भएको हो।