पुष-१८
काठमाडौं : संघीय संसद् अन्तर्गत ६ वटा संसदीय समितिको बैठक बिहीबार बस्दैछ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानून, न्याय तथा मानवअधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।
बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगतिका बारेमा छलफल हुनेछ।
नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालन सम्बन्धलगायतका विषयमा छलफल हुुने कार्यसूची राखिएको संसद् सचिवालयले जनाएको छ।