पुष-२१ (एजेन्सी)
इजरायली आक्रमणमा बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म गाजामा बालबालिकासहित कम्तीमा ३० जनाको मृत्यु भएको अस्पतालका कर्मचारीले बताएका छन्।
मध्य गाजाको नुसिरात, जावैदा, मघाजी र देइर अल बलाहलगायत विभिन्न स्थानमा भएको आक्रमणमा एक दर्जनभन्दा बढी महिला र बालबालिकाको मृत्यु भएको अल अक्सा शहीद अस्पतालका कर्मचारीहरूले बताएका छन।
अघिल्लो दिन पनि यस क्षेत्रमा दर्जनौँ मानिस मारिएका थिए। यसले विगत २४ घन्टामा मृत्यु हुनेको सङ्ख्या ५६ पुर्याएको छ।
इजरायली सेनाले पछिल्ला आक्रमणबारे तत्काल टिप्पणी गरेको छैन तर उसले लडकूहरूलाई मात्र लक्षित गर्ने र नागरिक मृत्युको जिम्मेवारी हमासलाई दिने गरेको छ।