नेपाली समय:

वि.सं २०८१ माघ ५   शनिवार

NepaliNP
कुलमानले बुझाए कार्यसम्पादन मूल्यांकन विवरण,

माघ-२६

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भदौ अन्तिमसम्म बुझाइसक्नुपर्ने कार्यसम्पादन मूल्यांकन विवरण पुषको अन्तिममा बुझाएका छन् । 

शुक्रबार उनले आर्थिक वर्ष २०८०/८१ आफूले गरेको कार्यसम्पादन मूल्यांकनको विवरण ऊर्जा मन्त्रालयमा बुझाएका हुन् । 

शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले २०७८ साउन २५ गते घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि दोस्रोपटक नियुक्त गरेको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र घिसिङबीच २०७८ माघ ५ मा प्राधिकरण सुधारका विभिन्न सूचकांकसहित कार्यसम्पादन सम्झौता भएको थियो ।

10 Jan 2025 , 3:45pm
हाम्रो आवाज